Banijya News

हानले माघ २ गते नेपाल सत्कार दिवस मनाउने

1
1.0K Shares

होटल संघ नेपाल (हान) ले माघ २ गते नेपाल सत्कार दिवस–२०२४ मनाउने भएको छ । संघले माघ २ गतेका दिन काठमाडौंमा नेपाल सत्कार दिवसको आयोजना गर्न लागेको र त्यसको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

देशमा पहिलो पटक उत्सवको रुपमा आयोजना हुन लागेको उक्त दिवसमा होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरुका साथै चुनौतीहरुबारे प्रस्तुति रहने संघले जनाएको छ ।

५८ वर्षअघि विधिवतरुपमा दर्ता भएको माघ २ गते स्थापना दिवस मनाउन होटल संघ नेपालले आयोजना गरेको उक्त सत्कार दिवसमा नेपाल इयरबुक २०२४ र ई–लर्निङ प्ल्याट्फोर्म मार्फत दक्ष कामदार उत्पादन सम्बन्धी अनलाइन तालिम प्याकेजको पनि सार्वजनिक गरिने छर

साथै कार्यक्रममा उल्लेखनीय योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरु सम्मानित हुने छन् भने सातै प्रदेशका मौलिक रैथाने खाना तथा पेय पदार्थबाट करिब ३ सय देशैभरिका होटल स्वसायीहरु लगायत स्वदेशी तथा विदेशी पाहुनाहरुलाई सत्कार गरिनेछ ।

 

1

Scroll to Top