Banijya News

सिथिल भएका उद्योग व्यवसायहरु क्रमश चलायमान हुन थालेका छन् : प्रधानमन्त्री

1
1.0K Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो एक वर्षमा अर्थतन्त्रमा राम्रो सुधार भएको बताएका छन् । सोमबार नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित ‘आर्थिक विकास, पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवर्द्धन’ कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उद्योगी व्यवसायीहरूलाई उत्साही भएर काम गर्न आग्रह समेत गरे ।‘ उनले आफूले कार्यभार सम्हाल्दा नेपालको अर्थतन्त्र निकै त्रासदीपूर्ण रहेको र धेरै चुनौतीहरुको सामना गर्नुपरेको बताए ।

प्रधानमन्त्री दाहालले बैंकको व्याजदरमा कटौती हुँदै गएको छ । सहकारी र लगुवित्तका समस्याको बिस्तारै सम्बोधन हुन थालेको बताएका छन् । उनले भने, ‘भुक्तानी सन्तुलन, रेमिट्यान्समा वृद्धिका साथै सिथिल भएका उद्योग व्यवसायहरु क्रमश चलायमान हुन थालेका छन् । मैले सरकारको नेतृत्व गरेको एक वर्ष पूरा भएको छ । यो वर्ष सरकारको प्रयासकै कारण अर्थतन्त्रमा गुणात्मक सुधार देखिन थालेको छ ।’

प्रधानमन्त्री दाहालले मानिसमा अर्थतन्त्र डुब्यो भन्ने आतंक, संशय पनि जनतामा रहेको र एक वर्षसम्मको अनवरण प्रयासबाट देश र जनता समक्ष विद्यमान चुनौतीहरु सम्बोधन हुँदै क्रमश सकारात्मक दिशातर्फ अगाडि बढिरहेको बताए ।
’विश्व बैंक लगायत अन्तर्राष्ट्रिय संघ संस्थाहरुले गत हप्ता विश्वको अर्थतन्त्रको तुलनामा नेपालका अर्थतन्त्र राम्रो सुधार भएको छ भन्ने निष्कर्ष निकालेको छ, यो हामी सबैका निम्ति खुसीको कुरा हो,’ उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षमा केही नयाँ मानक स्थापित भएकाले त्यसको आधारमा टेकेर दोस्रो वर्ष थप उपलब्धिमूलक बनाउने बताएका छन् । धानमन्त्रीले भने, ‘तपाईंहरूलाई थाहै छ– मैले तेस्रोपटक सरकारको नेतृत्व गरेको १ वर्षको अवधि पूरा भएको छ । जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा थियो, निर्वाचनबाट आएको त्रिशङ्कु संसद्ले राजनीतिक स्थायित्व दिने÷नदिनेमा निकै ठुलो संशय थियो । तर, एक वर्षको अनवरत प्रयासबाट देश र जनतासामु विद्यमान चुनौतीहरू सम्बोधन हुँदै गएका छन् ।’

प्रधानमन्त्रीले पछिल्लो एक वर्षमा अर्थतन्त्रको क्षेत्रमा राम्रो सुधार हुँदै गएको बताउँदै उद्योगी व्यवसायीहरूलाई उत्साही भएर काम गर्न आग्रह गरे । उनले भने, ‘यस अवधिमा अर्थतन्त्रमा महत्त्वपूर्ण सुधार आएको छ । विदेशी मुद्राको सञ्चितिमा इतिहासमै ठुलो प्रगति भएको छ । पर्यटन आगमनमा गुणात्मक वृद्धि भएको छ । बैंकको ब्याजदरमा कटौती, सहकारी र लघुवित्तका समस्याको सम्बोधन, भुक्तानी सन्तुलन, विप्रेषणमा वृद्धिका साथै शिथिल भएको उद्योग–व्यवसाय क्षेत्र क्रमशः चलायमान हुन थालेको छ। यो हाम्रा लागि खुसीको कुरा हो। तसर्थ उत्साही भएर काम गरौँ ।’

उनले अर्घाखाँची जिल्लाको विकासमा संघीय सरकारले प्राथमिकता दिने बताउँदै जिल्लाको विकासप्रति जिल्लाका राजनीतिक दलहरूमा देखिएको एकता र सहकार्यप्रति आभारसमेत प्रकट गरे ।

1

Scroll to Top