नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा भएको अधिक तरलता खिच्न पुनः ३० अर्ब रुपैयाँको निक्षेप उपकरण बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह दुई बजेसम्ममा बोलकवोलको माध्यमद्वारा पुनः ३० अर्बको निक्षेप उपकरण बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।
परिपक्व हुने अवधि १४ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी माघ १७ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।
खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत प्रयोग गर्न सकिने छ ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि निरन्तर निक्षेप संकलन उपकरण बोलकबोल गर्दै आएको छ। चालू आर्थिक वर्षमा निक्षेप संकलन उपकरणमार्फत ३ खर्ब ८० अर्बको तरलता खिचेको राष्ट्र बैंकले जनाएको छ।


