Banijya News

बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता प्रशोचन गर्दै राष्ट्र बैंक

1
1.1K Shares

नेपाल राष्ट्र बैंकले शुक्रबार २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बिहीबार पनि बैंकिङ प्रणालीबाट ५० तरलता प्रशोचन गरेको केन्द्रीय बैंकले दोस्रो दिन पुनः २५ अर्ब प्रशोचन गर्ने भएको हो ।

निक्षेप संकलन उपकरणमार्फत ७ दिनका लागि २५ अर्ब रुपैयाँ प्रशोचन गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा बढ्दो निक्षेपको तुलनामा कर्जा लगानी हुन नसक्दा तरलता बढी रहेको छ ।

गत जेठ १५ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कूल ६२ खर्ब ६ अर्ब निक्षेप संकल गर्दै यता ५१ खर्ब २० अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन्।

समीक्षा अवधिमा ८०.२७ प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैंकहरुसँग ५ खर्ब बढी लगानीयोग्य रकम रहेको छ। बैंकहरुसँग पर्याप्त तरलता रहेकैले अन्तर बैंक ब्याजदर २.९६ प्रतिशतमा झरेको छ भने ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ३.२० प्रतिशतमा खुम्चिएको छ।

जसले गर्दा पनि केन्द्रीय बैंकले पछिल्ला दिनहरुमा रिभर्स रिपो अर्थात् निक्षेप संकलन उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ।

1

Scroll to Top