सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । उनलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेकाे हाे ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले पुनलाई काठमाडौंबाट पक्राउ गरिएको जानकारी दिए । गत साउनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको झण्डै ६१ किलो सुन प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग पुनको सम्बन्ध रहेको पाइएको थियो ।
बिहीबार गृहमन्त्रीसमक्ष पेस गरिएको सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा पनि पुनको संलग्नता औँल्याएको छ । उनी सहकारी ठगीमा पनि मुछिएका छन् ।
पुन माओवादीकाे विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव पनि हुन् ।


