जनता समाजवादी पार्टी (जसपा) की सांसद मञ्जु शर्मा अन्सारीको निधन भएको छ । आइतबार उपचारका क्रममा जनता समाजवादी पार्टी (जसपा)की समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएको हो ।
उनको निधनपछि जसपाको शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगन भएको हो ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पढेर सुनाएका थिए।
शोक प्रस्ताव पारित गरेर आजको बैठक स्थगित गरिएको सभामुख घिमिरेले जानकारी गराएका छन् । अर्को बैठक चैत ५ गते सोमबार बिहान ११ बजे बस्ने छ ।


