बाँसबारीको जग्गा सरकारका नाममा फिर्ता ल्याउनका लागि गृहमन्त्री रवि लामिछाने लागेका छन् । उनको निर्देशन अनुसार गृह मन्त्रालयले जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बाँसबारीको जग्गा हिनामिनामा नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई पनि अनुसन्धानको दायरामा ल्याउने भएको छ ।
सीआईबीले चौधरीसँग बयान लिन लागेको स्रोतले बताएको छ । उनलाई बयानका लागि सीआईबीले बोलाउने भएको छ । यसअघि विनोद चौधरीका भाइ अरुण चौधरीलाई पक्राउ गरी अनुसन्धान गरिए पनि त्यतिबेलाको सत्तारुढ दल नेपाली कांग्रेस मार्फत् बिनोद चौधरीले चर्को दबाब दिएर छोडिएको थियो ।
सीआईबीको अनुसन्धान नै प्रभावमा पारेका चौधरीले गैरकानुनीरुपमा अतिक्रमण गरेको बाँसबारी छाला जुत्ता कारखानाको जग्गा फिर्ता दिनुको साटो उल्टै अदालतमा मुद्दा हालेर चुनौती दिएका छन् ।


