नेरुडे मिर्मिरे लघुवित्तको सिइओमा भोजराज बस्याल नियुक्त भएका छन् ।
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर भएर बनेको नेरुडे मिर्मिरे लघुवित्तको सिइओमा भोजराज बस्याल नियुक्त भएका हुन् ।
फागुन ३० गतेदेखि लागू हुने गरी उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
यसैगरी सञ्चालक समूहको अध्यक्षमा सन्तोष फुयाँल तथा संस्थापक सञ्चालकतर्फ मणि कुमार अर्ज्याल, दिप बहादुर श्रेष्ठ र सुरेन्द्र राज भट्टराई तथा सर्वसाधारणतर्फ सुधिर कुमार श्रेष्ठ र सन्जु घिमिरे नियुक्त भएका छन् ।


