सानिमा बैंक लिमिटेडले ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
बैंकले एक सूचना जारी गर्दै न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ निर्धारण भएको संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक बैंकका इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ ।
सेयरधनीले आवश्यक कागजात प्रमाण संलग्न गरी र खरिद गर्न चाहेको सेयर संख्या खुलाई नारायणचौर नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।


