दीपक मनाङे उर्फ राजीब मनाङे मन्त्री बनेका छन् । समाजवादी त्यागेको भन्दै स्वतन्त्र सांसदको हैसियतमा फर्काइदिन हिजो संसद् सचिवालयमा निवेदन दिएका राजीव गुरुङ अर्थात दीपक मनाङे मन्त्री भएका हुन्।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई सोमबार मन्त्रीमा नियुक्त गरेका छन्। मनाङे भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनेका हुन्। यसअघि यो मन्त्रालयमा नेकपा माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली थिए । तर मुख्यमन्त्री पाण्डेले उनलाई बर्खास्त गरिसकेका छन् ।
उनी २०७९ को प्रदेश सभा निर्वाचन मनाङ (ख) बाट निर्विरोध निर्वाचित भएका थिए। तर सत्ता फेरबदल चलिरहँदा उनी २०७९ मंसिर १९ गते आलोकनगरमै आएर एकीकृत समाजवादी पार्टी रोजेका थिए । उनले आइतबारदेखि नै लागु हुने गरी समाजवादीसँगको दलीय आबद्धता त्यागेको बताएका थिए ।
केन्द्र सरकारमा भइरहेको गठबन्धन फेरबदलको असर गण्डकीमा पनि परेर अस्थिरता सिर्जना हुन नदिन आफूले समाजवादी छाडेर स्वतन्त्र भएको उनले बताएका थिए ।


