Banijya News

प्रधानमन्त्रीले दिएको जवाफमा कांग्रेसले चित्त बुझाएन

1
1.0K Shares

 

प्रमुख प्रतिपक्षी दल कांग्रेसले रवि लामिछानेको बचाउनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको जवाफले चित्त नबुझेको जनाएको छ।

लामिछाने सहकारी ठगीमा संलग्न नरहेको भन्दै प्रधानमन्त्री दाहालले संसदमा दिएको जवाफको प्रतिवाद कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गरेका हुन्।

दाहालले लामिछामने ठगीमा संलग्न भएको प्रमाण नभएको बताएका थिए। जवाफमा लेखकले छानबिनका लागि पर्याप्त प्रमाण रहेको जिकिर गरे। लेखकले संसदमा भने, ‘पीडितले दिएको उजुरी प्रमाण होइन ? यसलाई प्रधानमन्त्रीले राम्रोसँग हेर्नुभएको छैन। प्रधानमन्त्री पोखरा जाँदा हाम्रो रकम अपचलन भयो भनेर दिएको उजुरी प्रमाण होइन ? तपाईंकै क्याबिनेटका सदस्य मन्त्री हुन् भनेका होइनन ?’

लेखकले प्रधानमन्त्री दाहालले नै लामिछानेबारे गलत सूचना राखेको बताए।

‘रवि लामिछानेले पैसा फिर्ता गरेको कागज प्रमाण होइन ? यो प्रमाण होइन भने प्रमाण के हो? प्रचलित कानुन बमोजिम प्रमाण भने तत्काल प्राप्त प्रमाणबाट छानबिन गर्नुपर्दैन ? प्रधानमन्त्री नै अध्यारोपमा रहेपछि निष्पक्ष अनुसन्धान कसरी हुन्छ ? लेखकले प्रश्न गरे।

उनले संसदीय समिति बनाएर लामिछानेमाथि छानबिन गर्न माग गरे। यसअघि प्रश्न उठेपछि मन्त्रीहरुले पदबाट राजीनामा गरेका गरेका अनेकौ उदाहरण भएको बताउँदै लेखकले लामिछानेलाई पनि त्यहीँ बाटो अवलम्बन गर्न सुझाव दिए।

 

1

Scroll to Top