Banijya News

 पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवरूद्ध हुँदा यात्रु परे अलपत्र

1
1.0K Shares

 

धुँवा र तुवाँलोका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवरूद्ध हुँदा यात्रु अलपत्र परेका छन्।

बुधबार बिहान पोखराबाट बुद्ध एयरको दुइटा र यति एयरको एउटा फ्लाइट पोखराबाट काठमाडौं उडे पनि त्यसपछि उडान अवरूद्ध भएको विमानस्थलका सूचना अधिकारी जशोदा रेग्मीले जानकारी दिइन्।

पोखराबाट काठमाडौं बिहान तीन वटा जहाज गए पनि काठमाडौंबाट पोखरा एउटा पनि जहाज आउन नसकेको उनले बताइन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाजले उडान तथा अवतरण गर्न कम्तिमा ३ हजार ८ सय मिटर टाढासम्म आँखाले देखिनुपर्छ।

धुँवा र तुवाँलोले गर्दा रनवेको एउटा छेउबाट अर्को छेउ पनि नदेखिएको विमानस्थलले जनाएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडान तथा अवतरण गराउन अत्याधुनिक प्रविधि जडान गरिएको छ।

प्रविधिमा आधारित उडान एवं अवतरण गर्न ‘इन्स्ट्रुमेन्ट फ्लाइट रूल’ प्रयोगमा रहेपनि ३ हजार ८ सय मिटर टाढासम्म आँखाले देखिनुपर्ने रेग्मीले बताइन्।

आँखाले हेरेर मात्र उडान तथा अवतरण गर्ने भिजुअल फ्लाइट रूल अनुसार उडान तथा अवतरण गर्न भने ५ हजार मिटर टाढासम्म आँखाले देखिनुपर्ने उनको भनाई छ।

पोखरामा संचालित नयाँ र पुरानो एयरपोर्टमा गरी दैनिक १ सय २५ उडान हुँदै आएका थिए। दैनिक ३ हजारदेखि ४ हजारसम्म यात्रुले विमानस्थलको प्रयोग गर्ने गरेको रेग्मीले बताइन्।

 

1

Scroll to Top