नयाँ अर्थमन्त्रीालई बजार साथ दिने भनिएपनि ब्यहारमा त्यो देखिएको छैन् । पदबहाली गरेका पुनले लगानीकर्ताको हितमा मनोबल बढाउनेगरी काम गर्ने र शेयर बजार बढ्ने अवस्थामा पु¥याउने भनेपनि त्यो भएको छैन् ।
सत्ता गठबन्धन बदलिएर अर्थमन्त्री नियुक्त हुनासाथ वर्षमान पुनले शेयर बजारलाई मजबुत बनाउने आश्वासन दिएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) फागुन २४ गते सूचक १३.५१ अंकले बढेको थियो । यसैको आधारमा लगानीकर्ता हौसिएका थिए । तर बजारमा भने लगानीकर्तामा उत्साहित हुन सकेका छैनन् । मन्त्री भएको केही दिन बजार बढेपनि अन्तत बजार पुरानै स्थानमा आएको छ । त्यसपछि सोमबार झिनो अंकको सुधार देखिएपनि शेयरबजार घट्दो क्रममा रहेका आज पनि ओरालो यात्रा तय गरेको हो । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ३.३४ अंक अर्थात ०.१६ प्रतिशतले घटेर २०६३.९५ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०९ प्रतिशतले घटेर ३६८.०३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा समूहमात्रै बढेका छन् भने अन्य सबै समूहमा गिरावट आएको छ । आज लघुवित्त समूह २.५१, म्युचुअल फण्ड ०.७५ र व्यापार समूह ०.०८ प्रतिशतले बढे ।
आज सबैभन्दा धेरै गिरावट उत्पादन तथा प्रशोधन समूहमा आएको छ । यो समूह १.४५ प्रतिशतले घटेको आज बैंकिङ ०.१७,विकास बैंक ०.३५,वित्त ०.५२,होटल ०.५८,हाईड्रो ०.३५,लगानी ०.३६,जीवन बीमा ०.५०, निर्जीवन बीमा ०.००,र अन्य समूह ०.६८ प्रतिशतले घटे ।
यो दिन सोनापुर मिनरल्सको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको आज १९ करोड ५२ लाख बढीको सेयर कारोबार भयो ।
त्यस्तै शिवम् सिमेन्टको १७ करोड ६० लाख,गोर्खाज फाइनान्सको ११ करोड ९१ लाख र हिमालयन रि इन्स्योरेन्स ७ करोड ४० लाख रुपैयाँबराबरको कारोबार भएको छ ।
यो दिन ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज गोर्खाज फाइनान्स,बुद्धभुमि नेपाल हाईड्रो,सर्वोत्तम सिमेन्ट र गुँरास लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज धौलागिरी लघुवित्तको सेयरमूल्य ९.२८,गणपति लघुवित्तको ८.१४,एनएमबी माइक्रोफाइनान्सको ७.६१ र आरम्भ चौतारी लघुवित्तको सेयरमूल्य ७.४४ प्रतिशतले बढेको छ ।
त्यस्तै बोटलर्स नेपाल(बालाजुं)को सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यो कम्पनीको सेयरमूल्य ९.३२ प्रतिशतले घट्यो ।


