Banijya News

साल्ट ट्रेडिङको बोनस आजसम्म मात्रै सेयरधनीले पाउने

1
1.0K Shares

साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस सेयर आज बिहीबारसम्म कायम सेयरधनीले मात्रै पाउने भएका छन् ।

लगानीकर्ताका लागि कम्पनीले घोषणा गरेको १५ प्रतिशत बोनस सेयर पाउनका लागि बिहीबारसम्म सेयर खरिद गरेको वा होल्ड गरेको हुनुपर्नेछ ।

बोनसका अलवा आजसम्म कायम सेयरधनी साधारणसभामा भाग लिन हकदार हुनेछन् । कम्पनीले साधारणसभा प्रयोजनका लागि शुक्रबारदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने एक सूचनामार्फत जानकारी गराएको छ ।

चैत २३ गते त्रिभूवन आर्मी अफिसर्स क्लब भद्रकालीमा साधारणसभा बस्दैछ । सो सभाले हालको चुक्ता पूँजीको १५ प्रतिशतले हुने बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

1

Scroll to Top