Banijya News

नेप्सेद्धारा मैलुङखोलाको सेयर कारोबार रोक्का

1
1.0K Shares

नेपाल स्टक एक्स्चेन्जले लाभांश सम्बन्धी सूचना ढिला जानकारी दिएको भन्दै मैलुङ खोला जलविद्युत कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।
बुधबार कम्पनीको सञ्चालक समिति बैठक बसेर सेयरधनीलाई २.२२११ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । कम्पनीले लाभांश सम्बन्धी सूचना ढिला जानकारी गराएपछि कारोबार स्थगन गरेको हो ।

नेप्सेले सो प्रस्तावबारेको सूचना बिहीबार कारोबार खुल्नुअघि नै नेप्से र लगानीकर्तालाई जानकारी गराउनुपर्नेमा कारोबार सुरु भइसकेपछि मात्रै जानकारी प्राप्त भएको जनाएको छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियममा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ ।

कम्पनीले उक्त विनियममा भएको व्यवस्था पालना नगरेपछि कम्पनीको धितोपत्रको कारोबार स्थगन गरि स्पष्टिकरण सोधेको हो ।

 

1

Scroll to Top