Banijya News

राष्ट्रिय योजना आयोगका सदस्यमा यसरी भयो भगवण्डा

1
1.0K Shares

नेपालीमा एक उखान छ, ‘कहिले सासुको पालो त कहिले बुहारीको ।’ राज्य संचालनमा पनि यस्तै भएको छ । नेपाली काग्रेश सरकारबाट हटेपनि आलोपाली बदलाको भागमा राज्य संचालनको काम हुँदै गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगमा रिक्त चार सदस्य नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दे आयोगको रिक्त ४ सदस्य पदमा संगीता सिंह, कुसेन्द्रबहादुर महत, शिवराज अधिकारी, अरनिकोकुमार पाँडेलाई नियुक्त गर्ने निर्णय गरिएको बताइन् ।

संचार मन्त्री शर्माले बताई रहेका पद राजनीतिक दलतको भागण्डामा नियुक्त गरीको हो । कांग्रेस सत्ता गठबन्धनबाट बाहिरिएपछि चार जना सदस्यले राजीनामा दिएका थिए । उक्त रिक्त सदस्यमा सत्ता गठबन्धनमा थपिएका एमाले र राष्ट्रिय स्व्तन्त्र पार्टी (रास्वपा) ले भागवण्डा गरी लिएका छन् ।

एमालेले तीन जना सदस्य लिएको छ भने रास्वपाले एउटा सदस्य पाएको छ । एमालेबाट योजना आयोगको सदस्यमा प्राध्यापक संगीता सिंह, डा. कुशेन्द्रबहादुर महत र प्राध्यापक शिवराज अधिकारी नियुक्त भएका छन् । कांग्रेसबाट पनि एमालेझैँ तीन जना सदस्य रहेका थिए । कांग्रेसबाट त्यतिबेला प्रभु बुढाथोकी, आरपी विच्छा र अनिता शाह ढुंगाना नियुक्त भएका थिए । उनीहरूले कांग्रेस सरकारबाट बाहिरिएलगत्तै राजीनामा दिएका थिए ।

तीनै स्थानमा एमालेले सदस्य पाएको हो । त्यसैगरी, रास्वपाले डा. अरनिकोकुमार पाण्डे सदस्य नियुक्त गरेको छ । सरकारबाट बाहिरिएको जनमत पार्टीको कोटामा रास्वपाले सदस्य पाएको हो । जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्ना दाजु जयकान्त राउतलाई सदस्य बनाएका थिए । जनमत पार्टीले अहिलेको सरकारलाई समर्थन नगरेपछि राउतले सदस्यबाट राजीनामा गरेका थिए । त्यही स्थापनमा पाण्डेलाई नियुक्त गरिएको हो ।

पाण्डे यसअघि आयोगको सल्लाहकार नियुक्त भएका थिए । २०७८ मा शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि उपाध्यक्षमा विश्व पौडेल नियुक्त भएका थिए । पौडेल उपाध्यक्ष भएपछि पाण्डे सल्लाहकार नियुक्त भएका थिए । उनीहरू एउटै टीममा लामो समय काम गरेका थिए । राजनीतिक समिकरण परिवर्तन भएसँगै नियुक्ती पनि परिवर्तन भएको हो ।

1

Scroll to Top