यो साता सेयर बजारको प्रस्तुति खासै उत्साहजनक देखिएन । साताको कारोबारको चार दिन नेप्से घटेर बन्द भएको थियो भने एक दिन सामान्य अंकले बढेको थियो ।
कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक १० दशमलव ६२ अंकले घटेर २०७० दशमलव २५ को विन्दुमा पुगेको थियो । जहाँ ८४ लाख ६ हजार ७६ कित्ता सेयर किनबेच भएको थियो भने, कारोबार रकम भने ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३८४ रुपैयाँ रहेको थियो ।
त्यस्तै सोमबार नेप्से परिसूचक ३ दशमलव २७ अंकले बढेर २०७३ दशमलव ५३ को विन्दुमा उक्लिएको थियो । जसमा ७४ लाख ५९ हजार ४ सय २४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८ सय १८ रुपैयाँ रहेको थियो ।
मंगलबार नेप्से परिसूचक ६ दशमलव २४ अंकले घटेर दुई हजार ६७ दशमलव २९ को अंकमा कायम भएको थियो । जहाँ ९४ लाख ७८ हजार ९ सय ३३ कित्ता सेयर खरिदबिक्री ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार पाँच सय ५४ बराबरको कारोबार भएको थियो ।
साताको कारोबारको चौथो दिन नेप्से परिसूचक ३ दशमलव ३४ अंकले घटेर २०६३ दशमलव ९५ को विन्दुमा पुगेको थियो । जहाँ ३०५ कम्पनीका ९४ लाख ४५ हजार ६ सय ९७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ०३६ रुपैयाँ रहेको थियो ।
त्यसैगरी साताको कारोबारको अन्तिम दिन आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १५ दशमलव ३७ अंकले घटेर २०४८ दशमलव ५७ को विन्दुमा पुगेको छ ।
बिहीबार ३१५ कम्पनीका ५२ हजार ३ सय १७ पटकको कारोबारमा १ करोड ८५ लाख ५२ हजार ७ सय ५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७ सय १३ रुपैयाँ रहेको छ ।
गत साता कारोबारको अन्तिम दिन २७ दशमलव ८४ अंकले घटेर २०८० दशमलव ८७ को विन्दुमा पुगी बन्द भएको नेप्से यो साता १५ दशमलव ३७ अंकले घटेर २०४८ दशमलव ५७ को विन्दुमा पुगेको छ ।


