Banijya News

यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

1
1.1K Shares

यूनाइटेड अजोड इन्स्योरेन्सले १६ हजार ६५९ कित्तासंस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपियाँ तोकिएको कम्पनीले जनाएको छ ।

हाल यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।
सेयर खरिदका लागि आजको मितिले ३५ दिनभित्र काठमाडौं सुन्धारामा रहेको कम्पनीको प्रधान कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा सर्वसाधारणका लागि खुला गरिने बताइएको छ ।

1

Scroll to Top