आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार ५०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार २०० रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहीबार तेजाबी सुनको मूल्य एक लाख ३५ हजार १५० रुपैयाँमा रहेको छ । बुधबार तेजाबी सुन एक लाख ३५ हजार ३५० रुपैयाँमा करोबार भएको थियो ।
बिहीबार चाँदी प्रतितोला एक हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ६७० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३१३ दशमलव ९५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर ०९ पैसामा कारोबार भइरहेको छ ।


