Banijya News

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुदैँछ कारोबार ?

1
1.0K Shares

शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य १ हजार ७०० रुपैयाँ बढेर एतिहासिक बिन्दुमा पुगेको हो ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सुनको भन्सार दर २० प्रतिशत लाग्ने घोषणा गरेसँगै मूल्य रेकर्ड बिन्दुमा पुगेको व्यवसायीहरु बताउँछन् ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन चाँदीको मूल्य प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस २ हजार ३४२ दशमलव ६८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ९१ पैसामा कारोबार भइरहेको छ ।

1

Scroll to Top