Banijya News

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

1
1.1K Shares

आज साताको पाँचौ कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । बुधबार १०० रुपैयाँ घटेको सुनको मूल्यमा बिहिबार १८ सयको भारी गिरावट आएको हो ।

बिहीबार छापावाला सुन १ लाख ३८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य १ लाख ४० हजार ५०० रुपैयाँ रहेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुन १ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ८६५ रुपैयाँमा रहेको छ । बुधबार प्रतितोला चाँदी १ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस २ हजार ३७२ दशमलव २ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ५ पैसामा कारोबार भइरहेको छ ।

1

Scroll to Top