Banijya News

नागरिक लगानी कोष र चिरायु हस्पिटलबीच सम्झौता

1
1.1K Shares

नागरिक लगानी कोष र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इस्टिच्युट प्रा.लि.बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौतामा कोषको निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ र हस्पिटलका तर्फबाट अपरेसन डाइरेक्टर सि.एन.बैद्यले हस्ताक्षर गरेका हुन्।

अब कोषका सहभागी, सेयरधनी, कर्मचारी र उनीहरुका आश्रित परिवारलाई चिरायु हस्पिटलले औषधोपचारमा छुट दिने छ।

कोष सञ्चालक समितिका सदस्य, कोष कर्मचारी, र कर्मचारीका आश्रित परिवारले बेडमा १० प्रतिशत, डाइग्नोष्टिकमा १० प्रतिशत, औषधि खरिदमा ५ प्रतिशत छुट पाउने छन् भने उपत्यका भित्र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ ।

1

Scroll to Top