Banijya News

युट्युबमा उछृंखल अन्तर्वार्त दिँदै हिँडेका रविरत्न चुडाल बलात्कार आरोपमा पक्राउ

1
1.0K Shares

केही समयदेखि युट्यूबमा उछृंखल अन्तर्वार्ता दिँदै हिँडेका रविरत्न चुडाल बलात्कार आरोपमा पक्राउ गरेका छन्। झण्डै एक वर्ष अघि काठमाडौंकै ५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुधबार उनलाई पक्राउ गरेको हो।

महिलाले सुरुमै जाहेरी दिएपनि प्रहरीले प्रमाण नपुगेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो। तर अदालतले जाहेरी दर्ता गर्न आदेश दिएपछि प्रहरीले कारबाही प्रक्रिया अगाडी बढाएको हो।

पछिल्लो पटक २०८० जेठ १७ गते चुडालले बलात्कार गरेको दावी महिलाले गरेकी छन्। बलात्कार मुद्दाको एक वर्षे हदम्याद सहिनु केहीदिन अघि मात्रै प्हरीले उनलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको हो।

जाहेरी दर्तापछि पनि लामो समयसम्म चुडाल पक्राउ परेका थिएनन्। केहीदिन अघिबाट फेरि उनी युट्युवमा जथाभावि अन्तर्बार्ता दिँदै हिँडेका थिए। कांग्रेस महामन्त्री गगन थापालाई गालिगलौज गर्दै अन्तर्वार्ता दिएका उनले गृहमन्त्री रवि लामिछानेको प्रशंसा गरेका थिए।

महिलाले पनि सार्वजनिक रुपमै आफूले न्याय नपाएको बताउँदै आएकी थिइन्। चुडाल यसअघि लागु औषधको मुद्दामा पनि कैद भुक्तान गरेका व्यक्ति हुन्।

1

Scroll to Top