Banijya News

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

1
1.0K Shares

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले एक लाख ६८ हजार १९१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । संस्थापक सेयरधनीले आज जेठ ११ गतेदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले बैकको सेयर शाखा लाजिम्पाट काठमाण्डौंमा सम्पर्क गर्न सक्ने छन् । संस्थापक सेयरधनीबाट ३५ दिनभित्र आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीमा बिक्री गरिने बैंकले जनाएको छ ।

1

Scroll to Top