Banijya News

भारतीय लोकसभाको निर्वाचनमा कसको होला बिजय ?

1
1.0K Shares

डाकुराम ठाकरे
छिमेकी मुलुक भारत यतिखेर चुनाबमा होमिएको छ । भारतको १८ औँ लोकसभा निर्वाचनको सात चरणमा सम्पन्न हुने प्रक्रियाका ५ चरण सम्पन्न भइसकेका छन् । अर्थात कुल ५४३ सीट मध्ये ४२८ सिटका प्रत्याशिहरुका लागि जनाताले भोट हालि सकेको छन् अव ११५ सिटको लागि मात्र भोट गर्न बाँकी छ । अन्तिम चुनाब १ जूनमा हुने छ । सातौं चरणको निर्वाचन पछि ४ जूनमा हुने गणनाबाट कस्ले जित्यो भन्ने कुरा यकिनका साथ भन्न सकिन्छ । चुनाबी समिकरण हेर्नहो भने यस पटकको चुनाबमा पनि प्रतिपक्ष दल कमजोर नै देखिएका छन् ।

प्रमुख विपक्षी दल कांग्रेस विपक्षी इन्डी गठबन्धन सिट भागवण्डामा कमजोर नै देखिएका छन् । सबैभन्दा आशा गरिएको प्रतिपक्ष दल काग्रेसले ५४३ सीट मध्ये ३२९ सीटमा मात्र प्रतिष्पर्धा गर्दैछ । उता २०२४ को लोकसभा निर्वाचनमा भाजपा एक्लै ४४१ स्थानमा प्रतिष्पर्धा गरिरहेको छ । चुनावको पूर्वसन्धामा अनुमान बढिरहेको छ । इन्डिया टुडे गु्रपले सी–भोटरसँग मिलेर गरेको सर्वे अनुसार भाजपा सम्मिलित नरेन्द्र मोदी नेतृत्वको सरकारले लगातार तेस्रो पटक अर्थात सत्ता सञ्चालनमा ह्याट्रिक गर्ने दाबी गरिएको छ । ५४३ सिटमध्ये एनडीएले ३३५ सिट जित्ने अनुमान गरिएको छ । कांग्रेस आई सम्मिलित इन्डिया ब्लकको खातामा १६६ तथा अन्यलाई ४२ सिट जाने अनुमान गरिएको छ । मोदीले सन् २०१४ देखि अहिलेसम्म दुई पटक सरकारको नेतृत्व गरिसकेका छन् । भाजपा एक्लै लड्दासमेत ३०४ सिट जित्ने सर्वेक्षणले दाबी गरेको छ । कांग्रेसले ७१ तथा अन्य दलहरुले १६८ सिट जित्ने अनुमान गरिएको छ ।

कांग्रेसको इतिहासमै यो सबैभन्दा कम प्रतिष्पर्धा हो । चुनावमा काग्रेश भन्दा पनि अन्य साना दल अगाडि देखिएका छन् । केही स्थनमा काग्रेशका चुनाबी क्षेत्रमा आफ्नै दलका दोहोरो उम्मेवादर देखिएका छन् । ऐतिहासिक पार्टी कांग्रेसको कमजोर पक्ष यही हो । आप केजरीवाल जस्तो दलले दिल्ली लगायत अन्य राज्यमा त कांग्रेससँग गठबन्धन गर्यो । यहाँ काग्रेसले सहयात्री स्विकार गर्यो तर त्यही गठबन्धन पन्जाबमा लागु भएको छैन् । सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशमा ८० सीट मध्ये १७ सीट मै चित्त बुझाएर कांग्रेसले समाजवादी पार्टी (अखिलेश) सँग गठबन्धन गरेको छ । यो काग्रेशको कमजोर पक्षपनि हो । पश्चिम बंगालमा तृणमूल कांग्रेसले गठबन्धन गर्न मानेन ।

मोदी र भाजपाले बहुमत ल्याउँछ अथवा कति सीटमा विजय हासिल गर्छ त्यसको चर्चा न गरेर मोदीको विकल्पमा प्रधानमन्त्री नबने सपना देखिरहेका कांग्रेस लगायत केजरीवाल (आप पार्टी), अखिलेश (समाजवादी पार्टी ), लालू पुत्र (राजद ), ममता (तृणमूल कांग्रेस), स्टालिन (डीएमके), उद्धव ठाकरे (शिव सेना), शरद पवार (एनसीपी), दुईटै कम्युनिस्ट दल सीपीआईएम र सीपीआईले कति सीटमा चुनावी प्रतिष्पर्धा गर्दै छन र कति अंक ल्याई लोकसभा पुग्छन् त्यो हेर्नु रोचक हुन्छ ।

भाजपाले नेतृत्व गरेको एनडीएका सहयोगी दलले सबै गरेर ६०–६५ सीटमा विजय पाउने सम्भावना छ । आन्ध्र प्रदेश, आसाम, उडीसा, गुजरात, मध्य प्रदेश, छत्तीसगढ़, उत्तराखंड, हिमाचल प्रदेश, कर्नाटक, गोवा, राजस्थान, तेलंगाना, हरियाणा, पञ्जाब, र केरल लगायत केही साना राज्यमा कांग्रेस मुख्य प्रतिष्पर्धामा छ ।

यी राज्यमा कांग्रेसले आंध्र प्रदेशमा ०–१ सीट (लडेको २३ सीटमा), आसाममा ०–१ सीट (लडेको १३ सीटमा), उड़ीसामा ०–१ सीट (लडेको २० सीटमा), गुजरातमा जीरो सीट (लडेको २३ सीटमा), मध्य प्रदेशमा ०–१ सीट (लडेको २९ सीटमा), छत्तीसगढ़मा ०–१ सीट (लडेको १३ सीटमा), उत्तराखंडमा ०–१ सीट (लडेको ५ सीटमा), हिमाचल प्रदेशमा ०–१ सीट (लडेको ४ सीटमा), कर्नाटकमा ३– ५ सीट (लडेको २८ सीटमा) ), गोवामा जीरो सीट (लडेको २ सीटमा ), राजस्थानमा ०–२ सीट (लडेको २३ सीटमा – २ सीट आप पार्टीलाई दिएको), तेलांगनामा ५–६ सीट (लडेको १७ सीटमा ), हरियाणामा १– २ सीट (लडेको ९ सीटमा – १ सीट आपलाई दिएको ), पंजाबमा ४–५ सीट ( लडेको १३ सीटमा), केरलमा ७– ८ सीट ( लडेको १६ सीटमा – ४ सीट कम्युनिस्टसँग गठबंधन ) र अन्य साना राज्यबाट २–३ सीट जित्ने संभावना छ। यी राज्यबाट कांग्रेसले बढ़ीमा ३०–३५ सीट ल्याउन सक्छ। यस मध्ये केरल र पंजाबबाट कांग्रेसले जति बढ़ी सीट जीते उसकै सहयोगी दल आप र कम्युनिस्टहरुको सीट घटने हुन। यी दुबै राज्यमा भाजपा राम्रो हैसियत राख्दैन।

अब चर्चा ती राज्यको जहाँ कांग्रेस इण्डी गठबन्धनको भागबण्डामा पाएका सीटमा प्रतिष्पर्धा गर्दैछ –कांग्रेसले सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशमा ८० मध्ये जम्मा १७ सीटमा चुनाव लड्दै छ । अन्तिम समयमा आएर राहुल गान्धीले रायबरेलीबाट प्रतिस्पर्धी बन्ने निर्णय गरेका थिए । यस सीट बाहेक कांग्रेसको अन्य कुनै पनि सीटमा कुनै किसिमको हैसियत छैन । दोश्रो राज्य बिहारमा कांग्रेसले ४० सीट मध्ये भागबण्डामा ९ सीट पाएको हो । यहाँबाट पनि उसले अधिकतम १ सीटमा जीत हासिल गर्ने संभावना छ । पश्चिम बंगालमा कांग्रेसले ४२ मध्ये १४ सीटमा चुनाव लड्ने मौका पाएको हो । यहाँबाट १ सीट जितेर खाता खुल्यो भने कांग्रेसले उत्सव मनाउँछ ।

झारखण्डका १४ सीट मध्ये ६ सीटमा लडी रहेको कांग्रेसले १–२ सीटमा विजय हात पार्न सक्छ । तमिलनाडुका ३९ सीट मध्ये १८ सीट पाएर चुनाव लडेको कांग्रेसले ७–८ सीट जित्ने अनुमान गरिएको छ । भाजपाले यस पटक तमिलनाडुमा राम्रो प्रदर्शन गर्ने आशा गरिएको छ, मोदी मैजिकले काम गर्यो भने कांग्रेसका सीट कम हुन सक्छन । अर्को ठूलो राज्य महाराष्ट्र जहाँ लोकसभामा ४८ सीट छन । सहयोगी दलहरुबाट यहाँ कांग्रेसले १७ सीट पाएर चुनावी प्रतिष्पर्धा गर्दैछ । शिव सेना र एनसीपीमा आएको विभाजन पछि हुन लागेको पहिलो चुनावमा इण्डी गठबन्धनको हैसियत कहाँ पुग्ने हो त्यो परिणाम आए पछि मात्रै थाहा हुन्छ । तर कांग्रेसले महाराष्ट्रमा १–२ सीट जिते भाग्य नै मान्नु पर्ने हुन्छ ।

दिल्लीका सात सीट मध्ये ३ सीटमा लडी रहेको कांग्रेसलाई यस पटक पनि हात लागे शून्य नै हुने अवस्था छ । यी राज्यबाट कांग्रेसले अधिकतम १३–१५ सीट जित्ने संभावना छ। कुल मिलाएर कांग्रेसको हात ४५–५० आउन सक्छन । यसमा पनि केरल र पन्जाबमा यदि इण्डी गठबन्धनका सहयोगी दलले आशातीत सफलता अर्जित गरे भने र तमिलनाडुमा यदि भाजपाको कमल फक्रियो भने कांग्रेस इतिहास कै तल्लो सोपानमा आउन सक्छ । स्मरणीय छ २०१४ मा कांग्रेस मात्र ४४ सीटमा विजयी भएको थियो ।

इण्डी गठबन्धनको सहयोगी दल समाजवादी पार्टीले उत्तर प्रदेशमा अधिकतम ५–७ सीट जित्न सक्छ । जम्मा २० सीटमा चुनाव लडेर प्रधानमन्त्री हुने सपना पाली रहेका आपका केजरीवालको दलले पन्जाबमा जे जति सीट जित्छ त्यै नै उसको अंक तालिका हुन्छ । गुजरात (२ सीट), दिल्ली (४ सीट), हरियाणा (१ सीट) बाट कुनै आश छैन् ।

लालु सुपुत्रहरुले (राजद) लडी रहेका २३ सीट मध्ये खाता खोल्न सके नै ठूलो सफलता हुनेछ । गठबन्धनमा रहेर पनि कांग्रेसलाई आफ्नो राज्यमा सहयोगी न बनाउने तृणमूल कांग्रेस की ममता बनर्जीले लड़ी रहेका ४२ सीट मध्ये १५–१७ सीट हात पार्न सक्छिन् । कुनै गठबन्धनमा नरहेका उड़ीसाका नविन पटनायकले लडी रहेका २१ सीट मध्ये ७–८ सीट जित्ने सम्भवना छ ।

शरद पवारको एनसीपीले ५ सीटमा चुनाव लड़ी रहेको छ । १–२ सीट सम्म जित्न सक्छन् । उद्धव ठाकरेको शिव सेनाले २१ सीटमा चुनाव लड़ी रहेको छ । ३–५ सीट सम्म जित्ने अनुमान गरिएको छ । जेएमएम (झारखण्ड ) ले ५ सीटमा प्रतिष्पर्धा गर्दै छ । १–२ सीट सम्म सफलता पाउन सक्छ । कम्युनिस्ट दल सीपीआईएम ले ५३ सीटमा प्रतिष्पर्धा गरेकोमा अधिकतम ४–५ सीट सम्म ल्याउन सक्छ । अर्को कम्युनिस्ट पार्टी सीपीआईले २७ सीटमा चुनाव लडेर भारतको प्रतिनिधित्व गर्ने हौसला राखेको छ । यसले पनि २–३ सीटमा भने विजय हात पार्छ ।

तमिलनाडुको ३९ सीट मध्ये २१ सीट लड़ी रहेको डीएमके ले १५–१७ सीट जितेर १८ ओ लोकसभाको तेश्रो ठूलो दल हुने प्रबल संभावना छ । हुन त तृणमूल कांग्रेस र डीएमके बीच लोकसभामा तेश्रो ठूलो दल हुने तीव्र प्रतिष्पर्धा छ । यसै गरी आंध्र प्रदेशको क्षेत्रीय दल वाईएसआरका जगन मोहन रेड्डीले २५ सीट मध्ये ७–८ सीटमा जित्ने संभावना रहेको छ । आंध्रमा भाजपाको सहयोगी दल टीडीपीका चंद्रबाबू नायडूले ठूलो सफलता पाउन गई रहेका छन ।

दक्षिण भारतको अर्को राज्य तेलांगनामा क्षेत्रीय दल बीआरएसका के चंद्रशेखर रावको दलले खाता खोल्न धौ धौ हुने स्थिति छ । बसपाको मायावतीका लागि २०२४ को चुनाव २०१४ कै झै साबित हुन्छ । उनको दलले खाता खोल्ने सुरसार छैन । कुनै पनि गठबन्धनमा नरहेका विभिन्न साना राज्यका क्षेत्रीय दल तथा निर्दलीयले १९–२० जित्न सक्छन ।

एनडीएका सहयोगी दल मध्ये यस पटक सबै भन्दा ठूलो दल टीडीपी हुने सम्भावना छ । चंद्रबाबू नायडूले आंध्र प्रदेशमा १५ सीट जित्ने संभावना छ । बिहारमा नितीशले पनि १५ सीट जित्न सक्छन । बिहारको लोजपाका चिराग पासवानले ५, अन्य सहयोगीले ३, महाराष्ट्रमा शिव सेना शिंदेले १०, एनसीपी अजित पवारले ३, कर्नाटकको जनता दलले २, उत्तर प्रदेशका सहयोगीले २–३, आसामका सहयोगीले २, र अन्य सहयोगी दलले ५–७ सीट जित्ने देखिन्छ । भाजपाले नेतृत्व गरेको एनडीएका सहयोगी दलले सबै गरेर ६०–६५ सीटमा विजय पाउने सम्भावना छ ।

अन्तिम परिमाण यस्तो हुनसक्छ ?

उत्तर प्रदेशमा रहेको ८० मध्ये भाजपाले ७० सिट जित्न सक्नेछ । समाजवादीले ७, अपना दलले २ तथा कांग्रेसले मात्र १ सिट जित्ने दाबी गरिएको छ । महाराष्ट्रका ४८ मध्ये भाजपाले २२, कांग्रेसले १२ तथा शिवसेना, यूबीटी र एनसीपीले १४ सिट जित्न सक्नेछ ।

पश्चिम बंगालका ४२ मध्ये भाजपाले १९ तथा कांग्रेसले मुस्किलले एक सिट जित्न सक्नेछ । तृणमूलले २२ सिट जित्न सक्नेछ ।

बिहारको ४० सिटमध्ये भाजपाले ३२, आरजेडी र कम्युनिष्ट पार्टीहरुले ७ तथा कांग्रेसले १ सिट जित्न सक्नेछ ।

तमिलनाडुको ३९ सिटमा डीएमकेले ३१ तथा कांग्रेसले ८ सिट जित्दा भाजपाले खाता नै नखोल्ने अनुमान गरिएको छ ।

मध्यप्रदेशमा २९ सिटमध्ये भाजपाले २७ तथा कांग्रेसले २ सिट जित्ने आँकलन गरिएको छ ।

त्यस्तै सर्भे अनुसार राजस्थानको २५ सिटमा भाजपाले क्लिन स्वीप अर्थात सबै सिट जित्नेछ ।

तेलंगानाको १७ सिटमा कांग्रेसले १० सिट जित्ने अनुमान गरिएको छ । यहाँ कांग्रेसले ७ सिटमा सुधार गर्ने अनुमान भइरहेको हो । भाजपाले ३ सिट जित्दा टीआरएसले ३ सिट तथा एआईएमआईएमले १ सिट जित्ने अनुमान गरिएको छ ।
झारखण्डको १४ सिटमध्ये भाजपाले ११ जेएमएमले २, एजेएसयूले १ सिट जित्दा कांग्रेस रित्तिने सर्वे गरिएको छ ।

पञ्जाबको १३ सिटमा कसैले पनि बहुमत नल्याउने अनुमान गरिएको छ । जसमा कांग्रेस र आम आदमी पार्टीले समान ५–५ सिट जित्दा भाजपाले २ तथा अकाली दलले १ सिट जित्ने अनुमान गरिएको छ ।

हरियाणाको १० सिटमध्ये भाजपाले ८ सिट जित्नेछ भने कांग्रेसले २ सिट जित्नेछ । आइएएनएलडीले कुनै सिट नजित्ने अनुमान गरिएको छ ।

असमको १४ सिटमा भाजपाले १२ सिट, कांग्रेसले २ सिट तथा एआईयूडीएफले कुनै सिट नजित्ने अनुमान गरिएको छ ।

केरलमा पनि भाजपाले कुनै सिट नजित्ने आँकलन गरिएको छ । त्यस्तै कांग्रेसले १८ सिट जित्दा एलडीएफले २ सिट जित्ने अनुमान गरिएको छ ।

हिमाचल प्रदेशको ४ सिटमा भाजपाले क्लिन स्वीप गर्ने अनुमान गरिएको छ ।

1

Scroll to Top