Banijya News

कारागारमा रहेका रवि लामिछानको स्वास्थ्यमा के भएको हो ?

1
1.1K Shares

नेपालको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य छैन। रुपन्देहीको भैरहवाबाट ललितपुरको नख्खु कारागारमा सारिएपछि गरिएको स्वास्थ्य परीक्षणमा उनको स्वास्थ्यमा केही समस्या देखिएको हो ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, लामिछानेको शरीरले हावा र घाम जस्ता नियमित आवश्यकता नपाएको देखिएको छ । चिकित्सकहरूले उनको स्वास्थ्य सामान्य नरहेको बताएका छन् ।

भैरहवा कारागारमा रहँदा उनी कोठाभित्रै थुनिएको, पर्याप्त हावा र पानी नपाएको र अत्यधिक गर्मीका कारण उनको शरीरमा समस्या आएको हुन सक्ने अनुमान गरिएको छ । थप स्वास्थ्य परीक्षणका लागि ट्रमा सेन्टरका डाक्टर जितेन्द्र प्रसाद यादवको नेतृत्वमा एक टोलीले अनुसन्धान थालेको छ ।

1

Scroll to Top