Banijya News

रास्वपा सभापति रवि लामिछानेको थुनामुक्तिको मागसहित उच्च अदालतमा निवेदन

1
1.2K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी मुद्दामा बिगो बमोजिमको धरौटी राखेर थुनामुक्त हुन पाउनुपर्ने मागसहित उच्च अदालतमा निवेदन दिएका छन्।

रुपन्देही जिल्ला अदालतको आदेशमा एक करोड धरौटीमा रिहा भएका लामिछाने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि पुर्पक्षका लागि थुनामा छन्। सर्वोच्च अदालतले पनि उच्च अदालतको आदेशलाई सदर गरेपछि उनी अहिले थुनामै छन्।

यसअघि, उनले सर्वोच्चबाट आदेश भइसकेको विषयमा पनि जिल्ला अदालत रुपन्देहीमा धरौटी राखेर रिहा हुन पाउनुपर्ने मागसहित निवेदन दिएका थिए। उनले आफ्नो भागको बिगो दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टीसहितको निवेदन दिएका थिए। तर, जिल्ला अदालतले सर्वोच्चको आदेशलाई उल्टाउन नसकिने र प्रतिवादीको बिगो छुट्ट्याइएको अवस्था नरहेको भन्दै उनको माग बमोजिम आदेश दिन अस्वीकार गरेको थियो।

जिल्ला अदालतको सोही आदेशविरुद्ध लामिछानेले सोमबार उच्च अदालतमा निवेदन दिएका हुन्। बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, उनको निवेदनमाथि आगामी बुधबार सुनुवाइ हुने गरी पेसी तोकिएको छ।

1

Scroll to Top