नेपाली कांग्रेसको नयाँ कार्यसमिति निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको छ। निर्वाचन समितिका अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा हालसम्म १० जनाले उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी दर्ता आज अपराह्न ५ बजेसम्म गर्न सकिने निर्वाचन समितिले जनाएको छ। हालसम्म उपसभापतिमा पुष्पा भुसालले महिला र विनोद चौधरी तथा फरमुल्लाह मन्सुरले समावेशीतर्फ उम्मेदवारी दर्ता गराएका छन्।
महामन्त्रीमा डिला संग्रौला महिला तथा शंकर तिवारी, सुनिल शर्मा र नैनसिंह महरले खुलातर्फ उम्मेदवारी दिएका छन्। यस्तै, सहमहामन्त्रीमा प्रतिमा गौतमले महिला, देवेन्द्रराज कंडेलले खुला र जीवनबहादुर शाहीले पिछडिएको क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन्।


