Banijya News

बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापा नियुक्त

1
1.0K Shares

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक राजन विक्रम थापा नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका छन् । अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । लामो समयदेखि नेतृत्वविहीन रहेको बीमा क्षेत्रको नियामक निकायले नयाँ अध्यक्ष पाएसँगै प्राधिकरणको नेतृत्वको अन्योलसमेत अन्त्य भएको छ ।

नवनियुक्त अध्यक्ष थापालाई बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथ ग्रहणसँगै थापाले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ ।

सरकारले लामो समयदेखि रिक्त रहेको प्राधिकरणको अध्यक्ष पदमा नियुक्ति गरेपछि बीमा क्षेत्रको नियमन, व्यवस्थापन तथा सुधारका कामले गति लिने अपेक्षा गरिएको छ । अध्यक्ष नहुँदा प्राधिकरणका नीतिगत तथा संस्थागत काममा नेतृत्वको अभाव महसुस हुँदै आएको थियो ।

यसअघि सरकारले २०८२ भदौ २ गते तत्कालीन अध्यक्ष शरद ओझालाई पदबाट हटाएको थियो । त्यसयता प्राधिकरणको अध्यक्ष पद रिक्त रहँदै आएको थियो । करिब १४ महिनापछि सरकारले नयाँ अध्यक्ष नियुक्त गरेसँगै प्राधिकरणले पूर्ण नेतृत्व पाएको हो ।

1

Scroll to Top