Banijya News

एनआईसी एशिया बैंकलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न सेबोनको अनुमति

1
1.0K Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एनआईसी एशिया बैंक लिमिटेडलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको छ। बोर्डले बैंकलाई हाल कायम साधारण सेयरको २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो।

सेबोनको स्वीकृतिअनुसार बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। यसअनुसार बैंकका हाल कायम सेयरधनीले आफ्नो स्वामित्वमा रहेको प्रत्येक दुई कित्ता सेयर बराबर एक कित्ता हकप्रद सेयर खरिद गर्न पाउनेछन्।

बैंकले हकप्रद सेयर निष्कासनका लागि तयार पारेको ‘हकप्रद सेयर निष्कासनसम्बन्धी व्यवस्था र विवरणहरू’ लाई धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको हो।

प्रस्तावित हकप्रद सेयर निष्कासनबाट बैंकले कुल ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको पुँजी संकलन गर्नेछ।

एनआईसी एशिया बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी एस क्यापिटल लिमिटेडले पाएको छ।

सेबोनबाट स्वीकृति पाएसँगै बैंकले हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढाउने बाटो खुलेको छ। अब बैंकले सेयर निष्कासनको मिति, बुक क्लोज तथा आवेदनसम्बन्धी आवश्यक विवरण सार्वजनिक गर्नेछ।

1

Scroll to Top