Banijya News

महानिर्देशक पक्राउ गरिएकोमा इञ्जिनियहरू आक्रोशित

1
1.0K Shares

सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिन डाइभर्सन आयोजनाका प्रमुखलाई केही दिनअघि सिराहाबाट पक्राउ गरी मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा लगिएको विषयमा इञ्जिनियरहरूले आक्रोश पोखेका छन् ।

महानिर्देशकलाई बाटोबाटै पक्राउ गरी र विना प्रक्रिया र बिना विधि अन्तराष्ट्रिय ठेक्का रद्द गर्दा अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बिग्रने, इन्जिनियरहरूको मनोबल खस्कने, विकास निर्माण सुस्त हुने र प्राविधिक जनशक्ति विदेश पलायन हुने सम्भावना रहको उनीहरूको भनाइ छ । ‘काम गर्न फिल्डमा गएको इन्जिनियर बाटोबाटै पक्राउ पर्ने र विधि विपरीत ठेक्का तोड्न लगाउने विषय एकदमै गम्भीर र संवदेनशील छ’, लोकतान्त्रिक इञ्जिनियरहरूको संगठन सिडेनका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मण केसीले भने, ‘यसबाट समग्र इञ्जिनियरहरूको मनोबल खस्किएको छ । कर्मचारीहरूमा काम गर्ने उत्साह घटेको छ र विकाससँग सम्बन्धित अड्डा, परामर्शदाता र ठेकेदारहरूमा समेत नराम्रो प्रभाव परेको छ ।’

महनिर्देशक जस्तो कर्मचारीलाई सरकारले बाटोबाटै पक्राउ गर्नु एकदमै गलत काम भएको भन्दै उनले भने, ‘सरकारले केही विषयमा छलफल गर्न चाहेको भए बोलाएर छलफल गर्नुपथ्र्यो तर सरकारले पुलिस लगाएर कर्मचरीलाई पक्राउ गरेको छ । जुन एकदमै निन्दनीय काम हो ।’ उनले भने, ‘विभिन्न प्रक्रिया पूरा गरेर बोलपत्र आह्वान गरिएको हुन्छ । त्यसमा पनि अन्तराष्ट्रिय बोल पत्र आह्वान गर्दा विभिन्न विधि पूरा गरिएको छ तर एकै पटक बिना विधि र प्रक्रिया ठेक्का रद्द गर्दा यसबाट अन्तराष्ट्रिय जगतमा नेपालको छवि बिग्रन्छ ।’

1

Scroll to Top