काठमाडौंबाट ३६ लाख रुपैयाँसहित भारतीय हुण्डी कारोबारी समातिए
- वाणिज्य न्युज
- १ मंसिर २०७६
१ मंसिर, २०७६, काठमाडौं । काठमाडौंको कुलेश्वरबाट ३६ लाख रुपैयाँसहित अवैधरुपमा हुन्डी कारोबारमा संलग्न एक हुण्डी कारोबारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बेतिया जिल्ला, जोगपट्टी थाना भएका ५७ वर्षीय सत्यनारायण प्रसाद रहेका छन ्। उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार कुलेश्वरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार प्रसादको साथबाट ३६ लाख रुपैयाँ नगद, ३७ लाख ५ हजार रुपैयाँ बराबरको विभिन्न बैंकको साट्न बाँकी चेक र एक लाख १९ हजार भारतीय रुपैयाँ बरामद भएको छ ।
उनलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाउने तयारी भइरहेको बुझिएको छ ।
- अध्यादेशमार्फत बजेट निर्माण प्रक्रिया संशोधन, नयाँ क्यालेन्डर लागू
- चार मुख्य भन्सार कार्यालयले गर्यो ७५ प्रतिशत राजस्व संकलन
- एसएमई प्लेटफर्मको नियमावली आजदेखि लागू, कार्यान्वयनका लागि नेप्से र सीडीएससीलाई निर्देशन
- राष्ट्रपतिद्वारा जारी चार अध्यादेश राजपत्रमा प्रकाशित
- पाँचथर पावर कम्पनीले बोलायो साधारणसभा,बुक क्लोज कहिले ?
प्रतिकृया दिनुहोस्