January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

सन्दीपले १० औं संस्करणको बिग ब्यास लिग होबार्टबाट खेल्ने

सन्दीपले १० औं  संस्करणको बिग ब्यास लिग होबार्टबाट खेल्ने

मंसिर ४, काठमाडौं ।
नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले १० औं संस्करणको बिग बास लिग (बीबीएल) होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । यसअघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपलाई टोलीले सम्झौता नविकरण नगरेपछि नयाँ टोलीको खोजी भइरहेकामा होबार्ट हुरिकेन्सबाट खेल्ने पक्का भएको हो । होबार्टले बिहीबार औपचारिक रुपमा सन्दीपलाई तेस्रो अन्तर्राष्ट्रिय साइनिङका रुपमा सार्वजनिक गरेको छ ।

यस वर्षको बीबीएल डिसेम्बर १० देखि सुरु हुने भए पनि सन्दीप भने जनवरीबाट टिममा सहभागी हुने क्लबले जानकारी दिएको छ । अष्ट्रेलिया सरकारको कोरोना नियम अनुसार दुई हप्ता क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने हुन्छ । बिबिएलको पहिलो खेलमा होबार्टले सिड्नी सिक्सर्ससँग खेल्ने छ । सन्दीपले यसअघि बीबीएलको दुई संस्करण मेलबर्न स्टार्सबाट खेलेका थिए । यसअघिका दुई सिजन खेलेका सन्दीपले बीबीएलका २० खेलमा २६ विकेट लिएका छन् ।

हरिकेन्समा आबद्ध हुने विदेशी खेलाडीमा सन्दीपसँगै किमो पल, डेविड मलान, विल ज्याक्स र कोलिन इन्ग्राम रहेका छन् । हरिकेन्समा स्कट बोल्यान्ड, जेक डोरान, नथान एलिस, जेम्स फकनर, पिटर ह्यान्ड्सकम्ब, डेभिड मुडी, टिम पेन, डार्सी शर्टलगायतका चर्चित अस्ट्रेलियाली क्रिकेटर रहेका छन् ।

Advertisement