January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र १ लाख ६३ हजार नेपाली स्वदेश फर्किए

कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र १ लाख ६३ हजार नेपाली स्वदेश फर्किए

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका एक लाख ६३ हजारभन्दा धेरै नेपाली हवाई उडानबाट नेपाल फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उत्त अलपत्र परेका नेपाली स्वदेश फर्किएका हुन् । कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएको बताइएको छ । सरकारले विदेशमा रोजगारी गुमाएका तथा नेपाल आउनै पर्नेहरुलाई नेपाल आउन सहयोग गरिरहेको छ । अहिलेसम्म ३२ देशबाट नेपाली फर्किएका छन् । स्वदेश फर्किनेमध्ये धेरै खाडी देश पुगेकाहरु रहेको सरकारी तथ्यांक छ ।

कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई चार्टर उडानमार्फत नेपाल फर्कने व्यवस्था मिलाएको थियो । कोभिड–१९ का कारण सरकारले गत चैत ११ देखि आन्तरिक एवं बाह्यतर्फको नियमित हवाई उडान स्थगित गरेको सरकारले करिब ५ महिनापछि भदौ १६ देखि निश्चित सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेको थियो ।

कात्तिक २३ गते आइतबार बसेको सीसीएमसीको बैठकले सरकारलाई उद्धार उडान स्थगन गर्न सिफारिस गरेको छ । योसँगै विदेशमा अलपत्र श्रमिकहरु आफ्नै खर्चमा स्वदेश फर्किनुपर्ने भएको छ । श्रमिकको उद्धारकै लागि भनेर सरकारले कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्नेसम्बन्धी निर्देशिका–२०७७ स्वीकृत गर्दै अलपत्र नेपालीलाई उद्धारको लागि ७५ करोड छुट्याएको छ ।

Advertisement