April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

काठमाडौंमा एटीएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

काठमाडौंमा एटीएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

मंसिर २२, काठमाडौं ।
काठमाडौंमा एटीएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौँ बस्दै आएका १९ वर्षीय अनिल तामाङलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका–३२ मुनीभैरब सडक खण्डमा रहेको एनआईसी एसिया बैंकको एटीएम फोडदै गरेको अवस्थामा तामाङलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । तामाङलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement