September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

सवारी चालक अनुमतिपत्र लिन मापदण्ड परिवर्तन हुँदै

सवारी चालक अनुमतिपत्र लिन मापदण्ड परिवर्तन हुँदै

काठमाडौँ —
सरकारले सवारी चालक अनुमतिपत्र लिन मापदण्ड परिवर्तन गर्ने तयार विकृति रोक्न भनेर सरकारले सवारी चालक अनुमतिपत्र लिन मापदण्ड नै परिवर्तन गर्ने तयारी गरेको हो ।


सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिँदा सबैभन्दा बढी परीक्षार्थी ट्रायल (प्रयोगात्मक परीक्षा) मा फेल हुन्छन् विकृति रोक्न भनेर सरकारले सवारी चालक अनुमतिपत्र लिन मापदण्ड नै परिवर्तन गर्ने तयारी गरेको हो । लिखितमा पास भएपनि ट्रायलमा फेल हुने धेरै हुन्छन् । जसले गर्दा बिचौलियालाई मागे जति पैसा दिएर लाइसेन्स बनाउने बढेको पाइन्छ । कतिपय अवस्थामा बिचौलियामार्फत लाइसेन्स लिँदा नक्कलीसमेत पर्ने गरेको भेटिने गरेको छ ।

Advertisement


हालको मापदण्डअनुसार २५ प्रतिशत मात्र पास हुने गर्थे । फेल हुनेको संख्या धेरै हुँदा त्यसले विभिन्न किसिमका विकृति देखापरेको भन्दै सरकारले नयाँ मापदण्ड बताउँन लागेको हो । ट्रायलमा पनि विभिन्न प्यारामिटर छन् । सबै पास गरिसकेपछि मात्र लाइसेन्स पाउने सिस्टम छ, कुनै एउटामा छुस्स छुनेबित्तिकै फेल हुने व्यवस्था छ । ती विभिन्न प्यारामिटरलाई नम्बरिङ गर्ने र कुनै एउटामा फेल हुँदा अर्कोमा पास हुन समस्या हुने छैन । ‘नयाँ व्यवस्थाअनुसार सबैको नम्बर जोड्दै जाँदा ६० नम्बर आयो भने ऊ पास हुनेछ, ।