September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

सामसङ कम्पनीका उपाध्यक्ष ली जे–योङलाई साढे दुई वर्षको कारावास सजाय

सामसङ कम्पनीका उपाध्यक्ष ली जे–योङलाई साढे दुई वर्षको कारावास सजाय

सामसङ कम्पनीका उपाध्यक्ष ली जे–योङलाई सौलसाढे दुई वर्षको कारावास सजाय दिएको छ । उच्च अदालतले लीले सम्पत्ति हिनामिना गरेको र घूसको आरोप लगाउँदै उक्त रजाय दिएको हो । सजायको फैसला आएलगत्तै उनलाई हिरासतमा लिइएको छ ।

यस अगाडि पनि लीलाई घूस दिएको र अन्य भ्रष्टाचार गरेको अभियोग सन् २०१७ मा लगाइएको थियो र त्यतिखेर पाँच वर्षको कारावास सजाय दिइएको थियो । तर पुनरावेदन अदालतले केही अभियोग खारेज गरेपछि अनि सजाय निलम्बन गरेपछि उनी एक वर्षमै रिहा भएका थिए ।

Advertisement

दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क गुन–हे सरकार अपदस्थ हुने भ्रष्टाचार मुद्दामा ली पनि संलग्न थिए । पार्क आफैं लगभग दुई दशक कारावास सजाय भोगिरहेकी छन् ।

देशको सर्वोच्च अदालतले पुनः पुर्पक्षका लागि आदेश दिएपछि पछिल्लो सजाय सुनाइएको हो । सामसङलाई अप्ठ्यारो परेको बेलामा ली कारावास गएका छन् । एजेन्सी