April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

‘ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन अब ‘अनलिमिटेड’

‘ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन अब ‘अनलिमिटेड’

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको शुक्रबारदेखि अनलिमिटेड अनलाइन आवेदन फारम खुलाउने भएको छ। विभागका प्रवक्ता लोकनाथ भुसालले शुक्रबारदेखि अनलाइन सिस्टममा परिवर्तन गर्दै माघ ९ गतेदेखि अनलिमिटेड अनलाइन फारम भर्न सकिने व्यवस्था गरेको बताए।

विभागले गत चैतदेखि ठप्प भएको सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा गत पुस १४ देखि सञ्चालन गर्ने निर्णय गरेको थियो। विभागले सार्वजनिक सूचना जारी गरेर सवारीचालक अनुमतिपत्रको अनलाइन फारम भर्ने सेवाग्राहीहरूले अनलाइन फारम भरेपछि नियमित रूपमा प्राप्त गरिरहेको एसएमएस सेवा हाल प्राविधिक कारणले केही समयको लागि स्थगन गरिएको समेत विभागले जनाएको छ।

विभागले एसएमएस सेवा अवरुद्ध भएको समयसम्मका लागि आफ्नो रजिस्ट्रेसन नम्बरबाट प्राप्त हुने अटोमेटिक जेनेरेटेड नम्बरसमेत सुरक्षित गरेर सम्बन्धित कार्यालयमा तोकिएको समयभित्रै बुझाउनसमेत अनुरोध गरेको छ। नागरिक दैनिकबाट ।

Advertisement