September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

सरकारले ५ सय ८० कैदीबन्दीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने

सरकारले ५ सय ८० कैदीबन्दीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने

प्रजातन्त्र दिवसको अवसर पारेर सरकारले ५ सय ८० कैदीबन्दीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने भएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर सरकराले उक्त कैदीको कैद मिनाहा र आममाफी दिने निर्णय गरेको हो । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी अपराध संहिता अन्र्तगत सजाय भुक्तान गरिरहेका कैदीबन्दीलाई कैद मिनाहा गर्नै भएको हो । यस्को लागि मन्त्रीपरिषदले निर्णय गरेर अनुमोदनका लागि राष्ट्रपति कार्यालयमा पठाएको छ । २०७४ लागू हुनु अघिको प्रावधान अनुसार १ सय ७९ जना र २०७५ भदौ १ गतेबाट लागू भएको अपराध संहिता अनुसार ४ सय १ कैदीबन्दीको बाँकी सजाय मिनाहा गर्ने निर्णय गरेको थियो ।

बाँकी सजाय मिनाहा पाएका मध्येका १ सय ७९ जना कैदी व्यक्ति हत्या लगायत कसुरमा जन्मकैद सजाय पाएर कारागारमा सजाय भुक्तानरत कैदीबन्दी छन् । यसैगरी मन्त्रिपरिषद् बैठकले अपराधमा दोषी ठहर भई कानुनी कारबाहीको दायरामा नआई फरार रहेका र केही कैद मै भएका १५ जनालाई आममाफी दिने पनि निर्णय गरेको छ ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को निर्णय अनुमोदन गरे उनीहरु फागुन सात मै जेल मुक्त हुन्छन् ।
सरकारले यसअघि गणतन्त्र दिवस मा २ सय ३३ जना र संविधान दिवसमा २ सय ८९ जना कैदीको बाँकी सजाय मिनाहा गरेको थियो ।