May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

टिप्परले ठक्कर दिदा सैनिक जवानको मृत्यु

टिप्परले ठक्कर दिदा सैनिक जवानको मृत्यु


टिप्परले मोटरसाइकल चालकलाई ठक्करदिदा मोटरसाइकल चालक सैनिक जवानको मृत्यु भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका ५ शाहीपुर बजारमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको हो ।

भुरिगाउँ गुलरिया हुलाकी सडकखण्डमा भे १ क १४८८ नम्बरको टिप्परको ठक्करबाट भे १० प २६४७ नम्बरको मोटरसाइकल चालक कोहलपुर ८ घर भइ नेपाली सेनामा कार्यरत नवराज बुढाथोकीको ज्यान गएको हो ।

मोटरसाइकललाई ठक्कर दिए लगत्तै टिप्पर भागेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलदेखि झण्डै ५ किलोमिटर पश्चिम बेलुवा माचड चोक नजिक टिप्पर छाडेर चालक भागेका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

Advertisement