सन्तोषीले दिलाइन् ऐतिहासिक स्वर्ण पदक
- वाणिज्य न्युज
- १७ मंसिर २०७६
काठमााडौं । जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेलमा नेपालले सफलता पाउने क्रम बढेर गएको छ । मङ्गलबार भएको महिलातर्फको दौड प्रतियोगितामा नेपालले स्वर्ण पदक पाएको छ । दश हजार मिटर लामो दौड प्रतियोगितामा नेपाली खेलाडी सन्तोषी श्रेष्ठले ३५ मिनेट ७९ दशमलव ४ सेकेण्डमा निर्धा्रित दुरी पार गरेर ऐतिहासिक स्वर्ण पदक जितेकी हुन् । सन्तोषीले एक सेकेण्डले भारतकी कविता यादालाई पछि पारेकी हुन् । यादाले ३५ मिनेट ७९ दशमलव ५ सेकेण्डमा उक्त दुरी पार गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस्