September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

सर्वोच्च अदालतद्धारा प्रतिनिधि सभा पुनर्स्थापना : १३ दिनभित्र अधिवेशन बोलाउन आदेश

सर्वोच्च अदालतद्धारा  प्रतिनिधि सभा पुनर्स्थापना : १३ दिनभित्र अधिवेशन बोलाउन आदेश

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गरिदिएको छ। अदालतले प्रधानमन्त्रीको कदम नेपालको संविधान र संसदीय व्यवस्थाको अभ्यासविपरीत भएको भनी सो निर्णय उल्ट्याएको हो।सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ ।

सरकारको निर्णय असंवैधानिक भन्दै कानून व्यवसायी र नेकपा कै दाहाल–नेपाल समूहका नेताले दायर गरेको रिटमाथि २ महिना लामो सुनुवाईपछि सर्वोच्चले आज प्रतिनिधि सभा पुनर्स्थापना हुने गरी फैसला सुनाएको हो । 

Advertisement

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा सहित न्यायाधीशहरु विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको संवैधानिक इजलासले अबको १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन पनि प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला सुनाएको हो । यो निर्णयसँगै बैठक फागुन २४ गतेभित्र बोलाउनुपर्ने भएको छ ।

अहिले सर्वोच्च अदालत परिसरमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँ लगायत देशका ठुला सहर तथा संवेदनशील क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सर्वोच्च अदालतमा सो रिटमाथि संवैधानिक इजलासले मंगलबार सुनाएको फैसलाकोपाठ यस्तो छ :

faisala-samsad