September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

पुस महिना देखि नै सबै सांसदको सेवा सुविधा र भत्ता यथावत हुने

पुस महिना देखि नै सबै सांसदको सेवा सुविधा र भत्ता यथावत हुने

सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णय मंगलबार बदर गरिदिएपछि संसद् सचिवालय संसद ब्यूतेको छ । सर्वोच्चले ऐतिहासिक फैसला सुनाउँदै १३ दिनभित्र संसद् बैठक सञ्चालनको लागि निर्देशनात्मक आदेश दिएको छ ।

सर्वोच्चले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई दिएको निर्देशनात्मक आदेश अनुसार सबै संसादको सेवा सुविधा समेत कटौती नहुने भएको छ । पुस ५ गते विघटन भएको कारण सांसद्हरुको विघटित समयको सेवा सुविधा गुमेको आकलन गरिएको अवस्थामा संसद पूर्नस्थापना भएपछि सबै सांसदको सेवा सुविधा र भत्ता यथावत हुने भएको छ ।

Advertisement


संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भोलिदेखि नै तयारी गर्ने कार्यतालिका भएकाले गर्दा संसदहरुको सेवा सुविधा यथावत हुने बताए । उनले भने,- सर्वोच्चको फैसलाको प्रकृति हेर्दा सबै पहिलाकै अवस्थामा यथावत् हुने देखिएको छ । पाण्डेले अगाडि थपे –‘मैले फैसलाको पाठ त हेर्न भ्याएको छैन तर अव संसद पुर्नस्थापना भएपछि स्वतह सुविधा समेत संसदको यथावत रहन्छ ।’