बम विष्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीद्धारा ३ जना पक्राउ
मंसिर २८, २०७६ काठमाडौं ।
प्रहरी निरीक्षक सहित ३ जनाको ज्यान जाने गरी धनुषाको क्षीरेश्वर नगरपालिका–५ कुसाई टोलस्थित राजेश साहको घरमा भएको बम विष्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हंसपुर नगरपालिका–२ बघचौडाका ललिता देवी महरा र सीता देवी महरा छन् ।
प्रहरीले मिथिला बिहारी नगरपालिका–१ भुतही पटेर्वाका राम सोभित दाहाललाई पनि पक्राउ गरेको छ । शुक्रबार राति साढे ११ गते साहको घरमा बम विस्फोट भएको थियो । विस्फोटमा परी साह र उनका छोरा १५ वर्षीय आनन्द र प्रहरी निरीक्षक अमिरकुमार दाहालको मृत्यु भएको हो ।
हिजो राति ११ बजेतिर आफ्नो घरको गेट अगाडि शंकास्पद वस्तु देखेपछि साहले प्रहरीलाई खबर गरेका थिए । करीब २ किलोमिटरको दूरीमा रहेको इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दाहालको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । घटनास्थल सिल गर्न खोज्ने क्रममा बम विस्फोट भएको थियो ।
प्रतिकृया दिनुहोस्