April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

दुर्घटनामा ज्यान गुमाएका कर्मचारीको शोकमा जिल्ला प्रशासन कार्यालय गुल्मी बन्द

दुर्घटनामा ज्यान गुमाएका कर्मचारीको शोकमा जिल्ला प्रशासन कार्यालय गुल्मी बन्द

बैशाख २, काठमाडौं ।
गुल्मीबाट नयाँ वर्ष मनाउन स्वर्गद्वारी जाने क्रममा जीप दुर्घटनामा परि ज्यान गुमाएकाको शोकमा जिल्ला प्रशासन कार्यालय गुल्मी बन्द गरिएको छ । ४ जना कर्मचारीको दुर्घटनामा परी मृत्यु भएको शोकमा आज कार्यालय पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीले आज कार्यालयको सबै कामकाज पूर्णरुपमा बन्द रहने र भोलीदेखि अत्यावश्यकबाहेकका सेवा ५ दिनका लागि बन्द गर्ने निर्णय भएको बताए ।

हिजो गुल्मीको सदरमुकाम तम्घासबाट स्वर्गद्वारी दर्शनका लागि छुटेको लु १ ज १६५५ नम्बरको जीप प्युठान नगरपालिका–३ रुमाले नजिकै दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो । दुर्घटनामा मुसिकोट नगरपालिका–३ का चालक २२ वर्षका केशव कार्की, रेसुङ्गा नगरपालिका–७ का ३५ वर्षीय कम्प्युटर अपरेटर सूर्य पन्थी, मुद्दा शाखाका धुर्कोट–७ निवासी ३६ वर्षका ईश्वर भण्डारी, प्रशासकीय अधिकृत स्याङजा निवासी ३८ वर्षका श्याम न्यौपाने र खरिदार मालिका गाउँपालिका–७ निवासी ३५ वर्षका यमलाल पन्थीको मृत्यु भएको थियो ।

जिपमा सवार १७ मध्ये १२ जना घाइते भएका थिए । घाइते ७ जनालाई बुधवार नै नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगेर उचार भइरहेको छ । एक जनाको प्युठान अस्पताल बिजुवारमा उपचार भइरहेको भने अन्य चार जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

Advertisement