January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

काठमाडाैं लगायत देशभर हावाहुरी सहित वर्षा हुने

काठमाडाैं लगायत देशभर हावाहुरी सहित वर्षा हुने

आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाडी र तराइका केही भूभागमा हावाहुरी मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै, काठमाडौं उपत्यकामा पनि दिउँसो हावाहुरी चल्ने र असिनापानी पर्नसक्ने महाशाखाको अनुमान छ ।


शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा असिना पानी पर्ने सम्भावना रहेको वरिष्ठ मौसमविद निराजन सापकोटाले बताउनुभयो । पश्चिमी वायु र स्थानीयस्तरको वायु सक्रिय भएकाले त्यसको असर देशभर देखिने छ । देशका पहाडी भू–भागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले हुन अनुरोध समेत गरेको छ ।

Advertisement