April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीको घोषणा साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ पुर्‍याइने

प्रधानमन्त्रीको घोषणा साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ पुर्‍याइने


काठमाडौं, वैशाख १८ ः प्रधानमन्त्री केपी ओलीले आगामी साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ पु¥याउने घोषणा गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शनिबार सम्बोधन गर्दै उनले पारिश्रमिक बढाएका पन्द्र हजार पु¥याउने बताए । हाल श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजाार ४५० छ । दैनिक ज्याला पाँच सय १७ रुपैयाँ तोकिएको छ । अगामी आर्थिक वर्ष ०७८–७९ देखि दैनिक ज्याला पाँच सय ७७ कायम गरिने प्रधानमन्त्री ओलीले बताए ।

Advertisement

गत वर्ष नै श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने थियो । एक वर्ष ढिलो गरेर सरकारले पुनरावलोकन गर्न लागेको हो । ‘गत वर्ष कोभिड महामारीका कारण न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सकिएको थिएन,’ प्रधानमन्त्री ओलीले भने ।

Advertisement

औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्न सरकारी प्रतिबद्धता उनले व्यक्त गरे। सरकारले ११ मंसिर ०७५ देखि राष्ट्रिय अभियानकै रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गरेको थियो । यसमा हालसम्म करिब १२ हजार रोजगारदाता र दुई लाख श्रमिक आबद्ध भएका छन् ।

वैदेशिक रोजगारीमा रहेका युवाका लागि अनलाइन श्रम स्वीकृति लागू गरिएको उनले बताए । यस्तै, श्रम गन्तव्य मुलुकहरूसँग सम्झौता गरी सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गरिएको उनको दाबी थियो ।

प्रधानमन्त्री ओलीले एक आर्थिक वर्षमा २ लाखभन्दा बढीलाई न्यूनतम सय दिनको रोजगारी वा न्यूनतम ज्यालाको आधा ‘बेरोजगार भत्ता’ उपलब्ध बताएका छन् । उनले वैदेशिक रोजगारीमा रहेकाहरुको अधिकार, मर्यादा र सुरक्षाका लागि गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिएको बताउँदै भने ‘स्वदेशमा कार्यरत श्रमिकहरुको बैङ्कमार्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु गरिएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र दुई लाख श्रमिकहरु आबद्ध भइसकेका छन् ।’

साथै नेपाली सेनामा १६ वर्षे सेवापछि निवृत्तिभरणको व्यवस्था लागू गरिएको बताउँदै उनले श्रमिकको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशत र राष्ट्रसेवक कर्मचारीको पारिश्रमिकमा २० प्रतिशतले वृद्धि गरिएको बताए ।

यसैबीच, प्रधानमन्त्रीले कोरोनाविरुद्धको खोप सबै नागरिकलाई छिट्टै उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया सुरु गर्नेमा नेपाल दक्षिण एसियामै भारतपछि पहिलो मुलुक भएको दाबी गर्दै सबै मजदुरले कोरोना विरुद्धको भ्याक्सिन पाउँने बताए ।