April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

अमेरिकाले कोरोना नियन्त्रणको लागि नेपाललाई ८५ लाख डलर सहयोग प्रदान

अमेरिकाले कोरोना नियन्त्रणको लागि नेपाललाई ८५ लाख डलर सहयोग प्रदान


नेपालमा कोरोना संक्रमणदर उच्च रुपले बढेको समय अमेरिकाले नेपाललाई कोरोना नियन्त्रणको लागि ८५ लाख डलर सहयोग प्रदान गर्ने भएको छ । अमेरिकी सहयोग नियोग (यूएसएड) मार्फत् सो सहयोग प्रदान गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।


‘यो थप सहयोगले नेपाल सरकारलाई कोभिड–१९ सम्बन्धी रोगको परीक्षण, अनुसन्धान, कन्ट्याक्ट ट्रेसिङ, उपचार, संक्रमण रोकथाप, नियन्त्रण, सीमा नियन्त्रण र संघीय, प्रादेशिक तथा स्थानीय तहमा थप कामहरु गर्नका लागि सहयोग पुग्ने दूतावासले विस्वास लिएको छ । सो सहयोगबाट कोभिड काउन्सिलिङ (परामर्श),स्वास्थ्य सेवामा पहुँच, पोषण परामर्श, जटिल एचआईभी सेवा प्रदान लगायतका सेवा प्रदान गरिने बताइएको छ । नेपाल र यूएसएड मिलेर सबैभन्दा जोखिममा रहेका समूहलाई सहयोग गर्न समुदाय तहमै काम गर्नेछन् ।

Advertisement