April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

पार्किङ गरेर राखेको भारतिय प्लेट नम्वरको कारभित्र तीनवटा शव फेला

पार्किङ गरेर राखेको भारतिय प्लेट नम्वरको कारभित्र तीनवटा शव फेला

बुटवल ः दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको कारभित्र तीनवटा शव फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–६ स्थित बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको कारभित्र तीनवटा शव फेला परेको हो । शवहरु सड्न थालेको अवस्थामा रहेका छन् । शव हेर्दा बालकको जस्तो देखिएका छन् ।


शनिबार बेलुका एउटा बस उक्त कार नजिकै पार्किङका लागि पुगेपछि गन्ध आएको थियो । उत्त गन्ध बारे खोजी गर्दा कारभित्र ती शवहरु देखेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले बताए । उनका अनुसार सव केही समय अगाडि देखि पार्किड गरेर राखेको भारतीय नम्बर प्लेटको कारमा रहेका छन् । डीएसपी सिंहले गाडी स्याउली बजारमा गएको माघदेखि नै पार्किङमा रहेको भन्ने कुरा अनुसन्धानबाट खुल्न आएको र त्यस्को खोजी गरिरहेको बताए । उनले घटनाको अवस्था नियाल्दा गम्भीर प्रकृतिको देखिएकाले अनुसन्धान नगरी केही भन्न मिल्ने अवस्था नरहेको डीएसपी सिंहले बताए । उक्त गाडी स्याउली बजारमा गत माघ महिना अगाडिदेखि सोही स्थानमा पार्किङ गरेर राखिएको थियो ।

Advertisement