February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

मौसममा बढली भै बर्ष हुँदै

मौसममा बढली भै बर्ष हुँदै


पश्चिमी वायु र स्थानीय वायुको प्रभाव बढेको कारण पानि पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाले आज बागमती, गण्डकीलगायतका प्रदेशका पहाडी भू–भागमा वर्षा हुने जानकारी दिएको छ । देशभरका पहाडी भू–भागमा बदली हुने भएको छ । अहिले देशभर पहाडी भू–भागमा बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत पहाडी भू–भागका केही स्थानमा वर्षा भइरहेको छ ।

आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा क्षणिक वर्षा हुने महाशाखाको पूर्वानुमान छ । आइतवार देशभर बदली भइ प्रदेश १, प्रदेश २ र बागमती प्रदेशलगायतका पहाडी भू–भागका केही स्थानमा वर्षाको हुने सम्भावना छ ।

Advertisement